Nepal Frame — नेपालसँगै विदेशका नेपाली जोड्ने खबर अभियान
जीवन र भोगाई

पोखरा स्कुल बस दुर्घटना अपडेट : ५ जनाको निधन !

नेपाल फ्रेम

कास्की । पोखरा २८ माइलथानबाट  कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आएको बस ओख्लेमा दुर्घटनामा परेको छ ।

प्रहरीका अनुसार क्षतिग्रस्त बसबाट १८ जना विद्यार्थीलाई उद्धार गरेर अस्पताल लगिएकोमा ५ जनाको निधन भएको छ । ४ जना विद्यार्थी र एकजना लिफ्ट मागेर चढेका यात्रु रहेका छन् । अन्य १४ जनाको उपचार भइरहेको प्रहरीले जानकारि दिएको छ ।

दुर्घटनामा परेको बस नराम्ररी क्षतिग्रस्त भएको छ । विद्यार्थीका परिवारका सदस्य आफन्त गण्डकी मेडिकल कलेज (GMC) मा भेला भएका छन् । मृतक र घाइतेका आफन्तहरु शोक, निरासामा देखिएका छन् ।

गण्डकी मेडिकल कलेज (GMC) मा उपचारत घाइतेहरु:-

१.जिल्ला कास्की पोखरा म.न.पा. २८ सौर्य बस्ने १६ वर्षीया सृष्टि तिवारी(कक्षा १० मा अध्यनरत) अवस्था मध्यम,

२.ऐ.ऐ. २८ सौर्य बस्ने १६ वर्षीय शिसन थापा मगर(कक्षा १० मा अध्यनरत) अवस्था मध्यम,

३. ऐ.ऐ. २८ डाडागाउँ बस्ने १६ वर्षीय सौगात तिमिल्सिना(कक्षा १० मा अध्यनरत) अवस्था मध्यम ।

पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा उपचारत घाइतेहरु:-

१.जिल्ला कास्की पोखरा म.न.पा. २८ बस्ने ऐ.ऐ. बस्ने वर्ष १५ कि अस्मी कँडेल- अवस्था सिरियस ।

२.ऐ.ऐ. बस्ने वर्ष १४ की स्नेहा गौतम- अवस्था मध्यम ।

३.ऐ.ऐ. बस्ने वर्ष १३ की सोनिया तिवारी-टाउकोमा चोट, अवस्था मध्यम ।

४. ऐ.ऐ. वर्ष १३ को अंकित पराजुली-टाउकोमा चोट, अवस्था मध्यम ।

५.ऐ. मादी गा.पा. १२ बस्ने वर्ष १५ की स्मृती खत्री- टाउकोमा चोट, अवस्था मध्यम ।

६. ऐ.ऐ.बस्ने वर्ष १६ की स्नेहा तिवारी-टाउकोमा चोट, अवस्था मध्यम ।

७. ऐ.ऐ. बस्ने वर्ष १४ की आकृती बुढाथोकी-टाउकोमा चोट, अवस्था मध्यम ।

८. ऐ.ऐ. बस्ने वर्ष १५ की मेरिना तिवारी- टाउकोमा चोट, अवस्था मध्यम ।

९. ऐ.ऐ. वर्ष १४ की सुप्रिया आचार्य- टाउकोमा चोट, अवस्था मध्यम ।

१०. ऐ.ऐ. बस्ने वर्ष १६ को यमन मगर- टाउकोमा चोट, अवस्था मध्यम ।

११.चालक:- जिल्ला कास्की पोखरा १५ बस्ने वर्ष ५७ को तुल बहादुर गुरुङ- अवस्था मध्यम ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित खबर

थप