Nepal Frame — नेपालसँगै विदेशका नेपाली जोड्ने खबर अभियान
खेल\कला

ह्यारी केन र एलेक्सिया पुटेलासलाई बालोन डी’ओर अवार्ड

नेपाल फ्रेम

काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जित्नुभएको छ ।

किलियन एमबाप्पे र लामिन यामाललाई पछि पार्दै केनले अवार्ड हात पार्नुभएको हो । केन सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बन्नुभएको छ । विश्वकै उत्कृष्ट खेलाडी घोषित ३३ वर्षीय केन बालोन डी’ओर जित्ने पाँचौं इंग्लिस खेलाडी हुन् । यसपटक रियल मड्रिड तथा फ्रान्सका फरवार्ड एम्बाप्पे दोस्रो र बार्सिलोना तथा स्पेनका यमाल तेस्रो हुनुभएको छ ।

महिलातर्फ एलेक्सिया पुटेलासलाई अवार्ड 

यता, स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक महिला बालोन डी’ओर अवार्ड जित्नुभएको छ । यो अवार्ड तीन पटक जित्ने खेलाडीको कीर्तिमानी सूचीमा रहनुभएकी स्पेनकै आइताना बोनमतीसँगै पुटेलासले बराबरी गर्नुभएको छ । ३२ वर्षीया पुटेलासले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाको कप्तानी गर्दै च्याम्पियन्स लिगसहित चार उपाधि जिताउनुभएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित खबर

थप