नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि

काठमाडौं । क्रिकेट महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेलमा आज ५ बजे साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन् । सबै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछन् । करिब एक महिनासम्म चल्ने प्रतियोगिताका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले विगतको योजनामा व्यापक परिवर्तन ल्याएको छ । पहिलो पटक डीआरएस प्रणाली लागू गरिएको एनपीएल सिजन ३ मा विदेशी स्टार खेलाडीहरूको आगमन बाक्लिएको छ । जसले प्रतियोगितालाई थप स्तरीय बनाएको छ । प्रतियोगितामा आठ टोली सहभागी छन् । यो सिजनको प्रतियोगिताको विजेताले १ करोड ५० लाख, उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख पुरस्कार पाउनेछन् ।
यसअघि पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो । दोस्रो सिजनमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो । दुबै सिजनमा सुदुरपश्चिम रोयल्स उपविजेतामा रोकिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




