चितवन राइनोजको विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित !

काठमाडौं । चितवन राइनोजले तेस्रो संस्करणको एनपीएलमा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकाल्दै सुखद सुरुवात गरेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा समेटिएपछि चितवन विजयी बनेको हो ।
विराटनगरका लागि चितवनका बलर कमलसिंह ऐरी घातक बने । ४ ओभर बलिङ गरेको कमलले २६ रन खर्चेर ४ विकेट लिए । विराटनगरलाई जितका लागि १८ बलमा २१ रन आवश्यक थियो । तर, १८औं ओभरमा कमलसिंह ऐरीले लगातार दुई विकेट लिएसँगै विराटनगर धरापमा परेको थियो । रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले एकएक विकेट लिए । १९औं ओभरमा रिजन ढकालले थप दुई विकेट लिँदै खेल चितवनको पक्षमा धकेलेका थिए । विराटनगरका लागि आन्द्रे रसेलले आक्रमक ब्याटिङ गर्दै १७ बलमा एक चौका र ४ छक्कासहित ३३ रनको योगदान दिए । चरिथ असलंका ८ र बसिर अहमद १३ रनमा आउट भए । एन्जेलो १४ रनमा आउट भए । विराटनगरका ओपनर इम्रान शेखले सर्वाधिक ३९ रनको योगदान दिए । लोकेश १४ बलमा २६ रन बनाएर आउट हुँदा शुभम रञ्जाने १० रन बनाए । सन्दीप लामिछाने कुनै पनि रन नजोडी आउट भएका थिए ।
टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका लागि ओपनर डाविड मलानले ५१ बलमा सर्वाधिक ७० रनको योगदान दिएका थिए । देव खनालले १५ बलमा १२ रनको योगदान दिए । रवि ३२ र डान २९ रनमा अविजित रहे । विकेटकिपर ब्याटर अर्जुन साउद ९ बलमा ३ रन बनाएर आउट भए । विराटनगरका चरिथ असलंकाले पहिलो विकेट दिलाएका थिए । १३औं ओभरको दोस्रो बलमा मलान आन्द्रे रसेलको बलिङ आउट भएका थिए ।
आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




