हुम्ली जनता भन्छन— ‘तुईनको ठाउँमा पुल बनाइदेउ बालेन सरकार’

काठमाडौं । ‘संघीयता खारेज गर र राख तर हाम्रो जोखिमयुक्त तुईन खारेज गर’ भन्दै हुम्ली नागरिकले बालेन सरकारसँग गुनासो पोखेका छन् ।
हेर्नेकथाको भिडियो स्टोरिमा त्रिकोट आधारभूत विद्यालयका कक्षा ५ का विद्यार्थी कुबेर खड्काले तुईनको जोखिम कहिले हट्ने, झोलुंङ्गे पुल कहिले बन्ने भन्दै सरकारसँग गुनासो पोखेका छन् । यस्तै विद्यार्थी रमेश विकसँगै स्थानीयवासीले समेत तुईनको सास्तीबारे गुनासो गरेका छन् । जुम्लाबासीले तुईनमा मान्छे खस्ने जोखिम रहेको बताउदै पटक—पटक टाढा पुगेर ल्याएको चामल, तेल लगायतको खाद्यान्न बगेको दुःखेसो समेत पोखेका छन् ।
विगतका सरकारले पुल बनाउने आशा देखाएर नबनाएको बताउदै बालेन सरकारलाई पुलका लागि आवाज पुर्याइदिन समेत स्थानीयले भनेका छन् । अब विगत भन्दा फरक जनताको सेवामा काम गछौँ भन्ने बालेन सरकारले हुम्ली जनताको पुलको चाहाना कहिले पुरा गर्ला त ?
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




