पूर्वप्रधान न्यायाधीश चोलेन्द्र माथि चलाइएको शङ्कास्पद वित्तीय कारोबारको अप्रेशन !

काठमाडौं । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो विभागको टोलीले महाराजगञ्जस्थित जबराको घरका साथसाथै उनका भाइ प्रभुशमशेर जबरा, ज्वाइँ नवीन बस्नेत, तथा राणानिकट मानिएका दिपक तिमल्सिना, नारायण दाहाल र नवराज थपलियाको घरमा एकैसाथ छापा मारेर वित्तीय कारोबारका कागजात, बैंक खाताका विवरण र मोबाइल तथा ल्यापटप जस्ता विद्युतीय उपकरणहरू नियन्त्रणमा लिएको हो ।
केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ परेका चोलेन्द्रसँग ‘कनेक्सन’ देखिएका इनम सापकोटा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको थुनामा छन् । सापकोटाको मोबाइलको विवरण जाँच गरेर प्रहरी र सम्पत्ति शुद्धीकरणले संयुक्त रूपमा उनीसँगै जबरामाथि पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान थालेको बताइएको छ । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई जेलबाट छुटाउन चलखेल गरेको आरोपमा प्रहरीले जबरालाई असोज ११ मा महाराजगञ्जबाट नियन्त्रणमा लिएको थियो ।
घरमा छापामा मारेर महत्वपूर्ण कागजात जफत
बुधबार मध्यान्ह साढे १ बजेतिर इनाम सापकोटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली जाने क्रममा पक्राउ परेपछि सोही प्रकरणमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल छानबिनका लागी निलम्बनमा परेका छन् । जबरा र उनी निकटको समूहसँग करोडौँको शङ्कास्पद वित्तीय कारोबार र अदालती सेटिङका तथ्यहरू फेला परेपछि सोही डिजिटल प्रमाणका आधारमा विभागले ठुलो अपरेसन चलाएको बताइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




