Nepal Frame — नेपालसँगै विदेशका नेपाली जोड्ने खबर अभियान
जीवन र भोगाई

गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा, के होला बिमस्टेकमा ?

नेपाल फ्रेम

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलको उडान हुँदै भारत भ्रमणमा निस्किनुभएको छ ।

सन् १९९७ मा बिमस्टेक स्थापना भएपछि यो पहिलो गृहमन्त्रीस्तरीय बैठक हो। बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन् । बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) मा क्षेत्रीय सुरक्षा सहकार्य, आतंकवाद नियन्त्रण, संगठित अपराध, सीमा व्यवस्थापन तथा कानुन कार्यान्वयन गर्ने निकायहरूबीचको आपसी समन्वयलाई सुदृढ बनाउने जस्ता साझा सुरक्षाका विषयमा गहन छलफल हुनेछ।

भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी (गृहमन्त्री) अमित शाहलगायत अन्य सदस्य राष्ट्रका गृहमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ। भ्रमणअघि गृहमन्त्री गुरुङले नेपाल—भारत व्यापार र सीमा व्यवस्थापनमा देखिएका व्यावहारिक समस्याहरूका विषयमा नेपालका उद्योगी÷व्यवसायीहरूसँग पूर्वतयारी बैठक मार्फत सुझाव लिनुभएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित खबर

थप