बुढीगण्डकी बाढी अपडेट : सल्लेरी बजार बग्दा जगत बजार जोखिममा !

काठमाडौं । गोरखाको चुमनुम्ब्री गाउँपालिका–६ मा बिहान ४ बजेर ३५ मिनेटमा आकस्मिक बाढी आएपछि बुढीगण्डकी नदितटीय क्षेत्रमा जोखिम बढेको छ ।
गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्रले बुढीगण्डकीमा अकस्मात आएको बाढीले जोखिम बढाएको र नदितटीय क्षेत्रमा अलर्ट जारी गरिएको, सम्भावित उद्दार, खोज र राहतको तयारीमा रहेको जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष निमा लामाले चुम्केको खोलामा पहिरो खसेर थुनिएपछि बाढी आएको जानकारी दिनुभएको छ ।
बाढीले सल्लेरी बजार बगाउदा जगत बजार जोखिममा परेकोछ । बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन एसएमएस मार्फत सबैलाई अलर्ट गराएको छ ।
विज्ञापन970 × 90
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




