Nepal Frame — नेपालसँगै विदेशका नेपाली जोड्ने खबर अभियान
खेल\कला

भोलि (शनिबार) अष्ट्रेलियामै देखिनेछ नेपाल, भब्य रुपमा ‘नेपाल फेस्टिभल पर्थ’ आयोजना हुँदै !

नेपाल फ्रेम

अष्ट्रेलिया ।  नेपाली मौलिक कला, संस्कृति र पहिचानलाई प्रवासको भूमिमा जीवन्त राख्ने उदेश्यले अक्टोबर १० तारिख अर्थात (भोलि) शनिबार ‘नेपाल फेस्टिभल पर्थ २०२६’ आयोजना हुँदैछ ।

एनआरएनए वेष्टर्न अष्ट्रेलिया का संयोजक सुमन सञ्जेलले पश्चिम अस्ट्रेलियामा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली समुदायबीच आपसी आत्मीयता, भ्रातृत्व र सद्भाव साटासाट गर्ने भव्य उत्सव ‘नेपाल फेस्टिभल पर्थ २०२६’ मा सहभागी हुन आग्रह गर्नुभएको छ । प्रवासमा नेपाली पहिचान र एकता झल्काउने विशेष दिनका रुपमा हेरिएको नेपाल फेस्टिभल शनिबार बिहान १०:०० बजे देखि राति १०:०० बजेसम्म वेलिङ्टन स्क्वायर, पर्थ (Wellington Square, Perth) मा आयोजना हुनेछ ।

फेस्टिभलमा नेपालीपन, मौलिक संगीत, स्वादिला परिकार र विविध सांस्कृतिक कार्यक्रमहरू हुनेछन् । एकजुट भई हाम्रो कला र संस्कृतिको उत्सव भव्यताका साथ मनाऔं ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित खबर

थप