एनपीएल सिजन—३ : लुम्बिनी लायन्सको विजयी सुरुवात, सुदूरपश्चिमको लज्जास्पद हार

काठमाडौं । तेस्रो संस्कणको नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सको विजयी सुरुवात उत्साहजनक देखिएको छ । उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९ दशमलब ५ ओभरमा मात्रै ३ विकेट गुमाएर भेट्टायो । लुम्बिनीका लागि डार्सी शर्टले १८ बलमा ४ चौका र तीन छक्काको मद्दतले ४० रनको योगदान दिए । आसिफ शेखले ३२ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले दुई तथा दीपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए ।
किर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिम १७ दशमलब २ ओभरमा ८७ रनमै अलआउट भएको थियो । सुदूरपश्चिमका प्राय सबै ब्याटर फ्लप भए । दीपेन्द्र सिंह ऐरीले २७ र अनिल खरेलले अविजित रहदै १५ रनको योगदान दिए । सैफ जइबले १३ रन बनाउदा सुदूरपश्चिमका हरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका किशोर महतोले चार तथा शेर मल्लले तीन विकेट लिए । यस्तै, शेड्ली भान शाल्कविक, तिलक भण्डारी र रोहित पौडेलले एक–एक विकेट लिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




