Nepal Frame — नेपालसँगै विदेशका नेपाली जोड्ने खबर अभियान
खेल\कला

८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउदै बालेन सरकार

नेपाल फ्रेम

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले ३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउनेगरि काम अघि बढाएको बताउनुभएको छ । आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएललाई शुभकामना दिँदै मन्त्री लम्सालले कम्तीमा ८ हजार दर्शक क्षमताको रंगशाला निर्माणको प्रक्रिया अघि बढेको बताउनुभएको हो ।

फ्लडलाइट सुविधासहितको रंगशाला तीन वर्षभित्रै पूरा गर्ने लक्ष्य राखिएको उहाँको दाबी छ । चार्डपर्वहरूका बीच नेपाली क्रिकेटको पर्व, नेपाल प्रिमियर लिगको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । मन्त्री लम्सालले भन्नुभयो— ‘होम एन्ड अवे आधारमा खेल सञ्चालन गर्न सकिने गरी देशका आठ प्रमुख सहरहरूमा फ्लडलाइटसहित कम्तीमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माणको प्रक्रिया पूर्वाधार विकास मन्त्रालयले अघि बढाएको छ।’

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित खबर

थप