खबर दुनियाँमा फरक आयाम : नेपाल फ्रेम (NepalFrame)

खबर दुनियाको अलग्गै आयाम— नेपाल फ्रेम (NepalFrame) डिजिटल मिडियाको भिडमा थपिएको एउटा सञ्चार माध्यम मात्रै होइन, नेपालसँगै विदेशका नेपालीलाई जोड्ने खबर अभियान हो ।
हामी राजनीतिक पक्षधरताको खेती, आलोचना, यो भएन, त्यो भएन भन्ने नकारात्मक खबरहरुको खेती गर्दैनौँ । हाम्रो खबर अभियान संघर्ष अनि मेहनत गरिरहेकाहरुको इमान्दार प्रयास, देशदेखी विदेशसम्म मेहनत गरेर सफल भएकाहरुको सफलताका कथा, देशका सम्भावनाको उजागरसँगै विदेशमा देखिने नेपाल, नेपालीहरुका नेपाल चिनाउने गतिबिधिलाई प्रोत्साहन गर्ने, सकारात्मक उर्जा भर्ने भराउनेमा केन्द्रीत हुनेछ । हामी खबरको प्रतिस्पर्धामा होइन, जनता र देशको हकहितमा बढी केन्द्रीत हुनेछौँ । आवाज बिहिनका आवाज, भुई मान्छेका आवाज, सफल बन्न मेहनत गरिरहेकाहरुका दुःख,संघर्ष अनि मेहनत गरेर सफल बनेकाहरुका प्रेरणादायी कथा पस्किनु हाम्रो पहिलो खबर कर्म हुनेछ ।
हामी फरक, पृथक खबर कर्मले चिनिने अभियानमा छौँ । खबरको रफ्तार होइन, हामीले दिने खबरले देश समृद्ध बन्नुपर्छ, जनता सक्षम,सफल बन्नुपर्छ भन्नेमा अडिग छौँ । हरेक नेपालीमा सकारात्मक उर्जा भर्नुपर्छ । नकारात्मक खबरबाट पत्रकारितालाई नै बेकामे भनिदैगर्दा नेपाल फ्रेम (NepalFrame) ले देशसँग विदेशका नेपाली जोड्ने छ, विदेशका नेपालीसँग देशलाई जोड्नेछ । आउनुहोस असल नियतले थालिएको खबर कर्ममा हातेमालो गरौँ । तपाईहरुका सकारात्मक खबर, आलोचना सुझाव हाम्रालागि प्रेरणा बन्नेछन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




