स्थानीय तह चुनावको तयारीमा निर्वाचन आयोग, मिति तोक्न बाँकी !

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तह निर्वाचनको आन्तरिक तयारीमा रहेको बताउनुभएको छ । आज निर्वाचन आयोगमा भएको एक कार्यक्रममा प्रमुख आयुक्त कार्कीले सदैव निर्वाचनको तायरीमा आयोग रहने भन्दै आगामी निर्वाचनको तयारी भइरहेको बताउनुभयो ।
“निर्वाचनको मिति सरकारले तोक्ने हो, यसरी तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको हो ” उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचन फागुनमा नै गर्नेगरी सरकार अघि बढेको भन्ने प्रश्नमा प्रमुख आयुक्त कार्कीले संवैधानिक प्रावधानअनुरूप आयोगसमेतको परामर्शमा सरकारले मिति घोषणा गर्ने बताउनुभयो ।
आगामी बैशाखमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिदैछ ।
विज्ञापन970 × 90
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




