Nepal Frame — नेपालसँगै विदेशका नेपाली जोड्ने खबर अभियान
नेपाल

सडक भासिदा पृथ्वी राजमार्ग बन्द, कहिले खुल्ने अनिश्चित !

नेपाल फ्रेम

काठमाडौं । धादिङस्थित गजुरीको गलौँदीमा सडक भासिदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काले शुक्रबार अपरान्हतिर सडकको ठूलो भाग भासिएर तल त्रिशुली नदीतर्फ खसेको बताउनुभयो । यो सडक नागढुङ्गा–नौबिसे खण्डको कृष्णभीरको जस्तै जोखिमपूर्ण बनेको छ । मोटरसाइकल समेत आवतजावत गर्न नमिल्ने गरी बाटो खस्ने क्रम जारी रहेपछि पूर्ण रूपमा बन्द गरिएको राजमार्ग कहिले खुल्ने अनिश्चित छ । जोखिम व्यवस्थापन तथा डाइभर्सन वा मर्मतको विकल्पबारे समन्वय भइरहेको बताइएको छ ।

सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्ग भएर गुड्ने सवारी साधनहरू बाटोमै रोकिएका छन्। यता, धादिङकै मछेडीमा ग्यास बुलेट पल्टिदा सडक अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

ट्यागहरू

सम्बन्धित खबर

थप