प्रहरीको ‘अपरेसन ब्राभो गल्फ’ : २१ किलो अबैध सुनसहित ३ जना चिनियाँ नागरिक फन्दामा !

काठमाडौं । सुन त*स्करीबिरुद्द प्रहरीले चलाएको ‘अपरेसन ब्राभो गल्फ’ बाट २१ किलो बढी अबैध सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
गाडीमा प्रशोधन गरेर लैजादै गरेको सुनसहित चिनियाँ नागरिक पक्राउ गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घर भाडामा लिएर सुन प्रशोधन र तस्करी गर्ने बुढानिलकण्ठ नगरपालिका–२ स्थित माथिल्लो भंगालसम्म पुगेको थियोे । गाडीमा करिब २ किलो सुन बरामद गरेको प्रहरीले घरसम्म पुग्दा २१ केजी ७५० ग्राम सुन बरामद गरेको छ । सुन तस्करी गर्न चिनियाँ नागरिकले ३ लाख ३० हजारमा घर भाडामा लिएर
को खुलासा लेसिलो सुन ल्याएर यहाँ प्रशोधन गरी ढिक्का बनाउने र बजारसम्म लानेगरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानले सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै थोरैथोरै मात्रा गरेर भित्रिएको देखाएको छ । यसले फेरि विमानस्थलको सुरक्षामा प्रश्न उठाएको छ । २१ किलो सुन तस्करी प्रकरणमा हालसम्म तीन जना चिनियाँ नागरिक पक्राउ पर्दा मुख्य योजनाकार झेन जियाले चीनको ग्वाङ्झाउमा भएको खुलेको छ । भन्सार जाँचपास भएर सुन कसरी बाहिरियो भन्नेबारे फेरि गम्भीर प्रश्न उठेको छ । यसअघि पनि धेरैपटक सुन विमानस्थल हुँदै बाहिरिने गरेको थियो ।
असोज २२ गते बिहान करिब ६ बजेतिर सुन तस्करले भाडामा लिएको घरबाट बीवाईडी कार गेटबाहिर निस्कँएपछि गोप्य सूचना पछ्याएर केही दिनअघिदेखि रेकी गरिरहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले कार रोकेर जाँच गरेका थिए । कार २७ वर्षीय चिनियाँ नागरिक हान फेइले चलाएका थिए । कार रोक्नासाथ थप दुई जना चिनियाँ भित्रबाट निस्किएपछि प्रहरी घरसम्म पुग्न सफल भयो र ‘अपरेसन ब्राभो गल्फ’ अभियान सफल भयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




